बजेटको चाप: अर्थमन्त्रीको खाजा दही चिउरा र चाउचाउ, १२ घण्टा काम

काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्न अब एक साता पनि समय बाँकी छैन। आगामी विहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री खतिवडासहित अर्थका दुवै सचिवहरु शिशिरकुमार ढुंगाना र रामशरण पुडासैनी तथा कोर बजेट लेखन समूहका सदस्यहरू १२ घण्टा भन्दा धेरै मन्त्रालयमै खट्ने गरेका छन्। मन्त्री खतिवडा विहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म मन्त्रालयमै हुने गरेका छन्। बजेट लेखन समूहका सदस्यहरु त्योभन्दा लामो समय मन्त्रालयमै रहन्छन्।
कोरोना संक्रमण न्यूनीकरणका लागि सरकराले लकडाउन गरेका कारण अर्थ मन्त्रालयमा पनि साविकअनुसार कर्मचारी उपस्थित हुँदैनन्। सबै सहसचिवहरु मन्त्रालय जाने गरेको भए पनि उपसचिव र अधिकृतहरुलाई भने आवश्यकताअनुसार बोलाउने गरिएको छ।
लकडाउनका कारण मन्त्रालयको चमेना गृह पनि साविकअनुसार चलेको छैन। बजेट लेखनमा खटिएकाहरुलाई आवश्यकताअनुसार खाजाको उपलब्ध गराउने गरी मात्रै मन्त्रालयको चमेना गृह सञ्चालनमा रहेको छ।
मन्त्रीको खाजा दही चिउरा
अर्थमन्त्री खतिवडाको सचिवलायका अनुसार उनले दिउँसोको खाजा मन्त्रालयमै खान्छन्। खतिवडाले खाजामा सामान्यता दही चिउरा, चाउचाउ र दूध खाने गरेका छन्। मन्त्रीसँगै सचिवहरु तथा सहसचिवहरुले पनि यस्तै खाजा खाने गरेका छन्। उनीहरु रातिको १० बजेसम्म मन्त्रालयमै व्यस्त हुन्छन्।
अर्थमन्त्री खतिवडाको सचिवलायका अनुसार उनले दिउँसोको खाजा मन्त्रालयमै खान्छन्। खतिवडाले खाजामा सामान्यता दही चिउरा, चाउचाउ र दूध खाने गरेका छन्। मन्त्रीसँगै सचिवहरु तथा सहसचिवहरुले पनि यस्तै खाजा खाने गरेका छन्। उनीहरु रातिको १० बजेसम्म मन्त्रालयमै व्यस्त हुन्छन्।
बजेट लेखनको भित्रि समूहमा सचिवद्वय ढुंगाना र पुडासैनीसँगै सहसचिवहरु धनिराम शर्मा, श्रीकृष्ण नेपाल, यज्ञप्रसाद ढुंगेल र झक्कप्रसाद आचार्य छ। केन्द्रीय बजेटका उपसचिव थानप्रसाद पंज्ञानी भित्रि समूहमा छन्।
मन्त्रीको स्वकीय सचिवालयमा दुईजना मात्रै छन्। अर्थमन्त्री खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले उनीहरु दुईजनाले दुवैतिरको व्यवस्थापन गर्दै आएका छन्
If you have any doubts,Please let me know. ConversionConversion EmoticonEmoticon