काठमाडौंमा आफैं गोली हानेर एक प्रहरीले गरे आत्महत्या

काठमाडौंमा आफैं गोली हानेर एक प्रहरीले गरे आत्महत्या



काठमाडौंमा आफैं गोली हानेर एक प्रहरीले गरे आत्महत्याकाठमाडौं । नेपाल प्रहरीको महानगरीय
प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)को गोली हानेर आत्महत्या गरेका छन् । स्वयम्भुमा कार्यरत असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । 
उनको टाउकोमा गोली लागेको छ । के कारणले र कसले हानेको हो भन्ने खुल्न नसकेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।  यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले आफैंले आफूलाई गोली प्रहार गरेको देखिएको बताए |
Previous
Next Post »

If you have any doubts,Please let me know. ConversionConversion EmoticonEmoticon