सिटामोल र भिटामिन सीको चक्की खाँदै कोरोनालाई जित्दै
प्रदेश ५ मा कोरोना संक्रमितहरु निको भएर घर जानेहरु थपिदै
जेठ ११, २०७७
बुटवल । नेपालमा कोरोनाभाइरस संक्रमणको इपिसेन्टर बनेको प्रदेश ५ मा पछिल्ला दिनहरू संक्रमितहरुको संख्या वृद्धि मात्रै होइन, उपचारपछि निको भएर जानेहरू पनि बढ्दै छन् । प्रदेशका विभिन्न अस्पतालहरुबाट उपचार गरेर घर फर्कनेहरूको संख्याले कोरोनाको त्रासका बीच प्रदेशवासीलाई थोरै भए पनि खुसी मिलेको छ ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाको कोरोनो जितेको भोलिपल्ट हिजो साँझ बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बाँके सबैभन्दा धेरै कोरोना संक्रमित भएको ठाउँ हो । हिजो साँझ बुटवलको कोरोना विशेष अस्पतालमा निको भएका उनीहरू कपिलवस्तुका हुुन् । दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानासहित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ।’
निको भएर जानेहरूले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन् । अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।

सिटामोल र भिटामिन सीको ट्याबलेट खाएर संक्रमित फर्किए
नेपालका कोरोना संक्रमितमध्ये अधिकांशमा सामान्य लक्षण समेत देखिएका छैनन् । जसबाट आशाका साथै बिरामीहरुलाई त्रास र अन्यौलता देखिएको छ । हाल संक्रमितको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार हुने गरेको छ । कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार संक्रमितलाई चिकित्सकको निगरानीमा राख्ने गरिएको छ । अहिले बुटवलको कोरोना अस्पतालमा ३६ जना रहका छन् । हिजो साँझ कपिलवस्तुका विरामी बिदा भएपछि रुपन्देहीका क्वारेटाईनमा बस्दा कोरोनासंक्रमण पुष्टि भएका १० जनालाई हिजो राति र आज बिहान गरी ल्याएको थापाले रातोपाटीलाई बताए ।
बुटवलमा उपचार गराइरहेका संक्रमित २४ सैं घण्टा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुन्छन् । बिरामीलाई पर्याप्त तातोपानी र दैनिक ३ पटक खानाको व्यवस्था गरिएको हुन्छ । रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता बढाउन प्रत्येक दिन फलफूल (स्याउ, केरा, अंगुर) दिने गरिएको छ । प्रत्येक दिन १–१ वटा अण्डा दिने तालिका बनाएको छ । बिरामीलाई तन्दुरुस्त बनाउन हप्तामा २ पटक मासुको व्यवस्था समेत गरिएको छ ।

डा .थापाले भने, ‘अहिलेसम्म ११ जना यहाँबाट निको भए । उनीहरुलाई हामीले समान्य सिटामोल र भिटामिन सीको ट्याबलेट दिएका थियो अरु औषधी दिनु परेन ।’ ‘तापक्रम ९९ फरेनाइट पुग्यो भने ज्वरो आएको मानिन्छ तर अहिलेसम्म बिरामीमा ज्वरो देखिएको छैन । बुटवलमा बिरामी त्यति जटिल समस्या देखिएको छैन,’ डा. थापाले भने । संक्रमितमा लक्षण देखिएपछि मात्र अस्पतालमा जाने र लक्षण नदेखिए सुरक्षित रुपमा अरुको सम्पर्कबाट टाढै रहेर घरमै वा गाउँ टोलकै व्यवस्थित क्वारेन्टाइनमा बसेर पनि कोरोनालाई जित्न सकिने चिकित्सक बताउँछन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले विश्वका धेरै देशमा जटिल समस्या देखिएपछि मात्र अस्पतालमा पुग्ने गरेकाले नेपालमा पनि लक्षण नभएकालाई घर वा अन्यत्र कुनै सुरक्षित ठाउँमा राख्न सकिने बताए ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले अस्पतालमा बसेकाहरु ठूलो समस्या नदेखिएको बताए । उनका अनुसार बाँके जिल्लामा १४२ जना, कपिलबस्तु जिल्लामा ८० जना, रुपन्देही जिल्लामा ४० जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ३ जना, दाङ जिल्लामा ५ ज गुल्मी जिल्लामा २ जनामा संक्रमण भएको पुष्टि भएको छ आजसम्मको अध्यावधिक तथ्याङ्क अनुसार प्रदेश नं ५ मा कोभिड–१९ को संक्रमित संख्या २७७ पुगेको छ । प्रदेशका १२ जिल्लामध्ये ७ जिल्लामा कोरोना संक्रमितहरु भएको पुष्टि भएको छ । १०९ स्थानीय तहहरूलाई नै क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । प्रदेश सरकारले उनीहरुलाई क्वारेनटाइन बस्नेहरुको लागी खाना र बिरामी परेका सम्बन्धित अस्पतालसम्म पुराउने कार्यविधि बनाएर बजेट पनि दिएको छ
About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.

If you have any doubts,Please let me know. ConversionConversion EmoticonEmoticon